थारु समाज नेपालको आदिवासी जनजाति मध्येको एउटा ठुलो समूदाय हो| नेपालको कुल जनसंख्याको झन्डै ७% भाग ओगटेको, गौरवमय इतिहास, धनि रितिरिवाज र विलक्षण कला संस्कृतिका धनि यो समूदाय, बुद्धको बंसजको रुपमा जानिन्छ| विभिन्न कारणबश यो समूदाय, हरेक क्षेत्रमा तुलनात्मक रुपले पछाडी परेको र यो निरन्तर रहेको कुरा अत्यन्त दुखद परिस्थिति हो| यो हामी सबै थारुको लागि चिन्ताको बिषय हो|

थारु समुदायको उत्थान को लागि विगतमा र अहिले पनि विभिन्न क्षेत्रबाट प्रयासहरु  नभएका होइनन| यहाँ धेरै थारु संघ संस्थाहरु खुलेका छन्, तर अहिले सम्म सफलता भन्दा विफलतानै बढी हात लागेको तितो यथार्थ हाम्रो माझ बिदितै छ| बि.स. २००५ सालमा स्थापित् थारू कल्याणकारीणी सभासंग काठमाडौँ उपत्यकामा आफ्नो भवन सम्म छैन| यो पकै पनि हामी सबै थारुको लागि अत्यन्त दुखद र चिन्ताको बिषय हो| यो कसैलाई आलोचना  गर्ने अभिव्यक्ति होइन, तितो सत्य हो| लाखौ थारुको बसोबास रहेको काठमाडौँ उपत्यकामा हामी थारु दाजुभाइ दिदीबहिनी आफ्नो ठाउँमा बस्न, दुख सुखको कुरा गर्न, आजसम्म थारु भवनको निर्माण गर्न नसक्नु कतिको दुखद हो, हामी सबैले अनुभव गरिराखेका छौं| अब पनि यतिकै उसले गर्ला, फलानोले गर्देला भनेर चुप लागेर बस्नु कतिको उपयुक्त होला?

आफ्नो प्यारो समूदाय प्रति हामी सबै, हरेकको केहि न केहि उतरदायित्व त होला, यसलाई सम्झेर भएपनि “काठमाडौँ उपत्यकामा थारु भवन निर्माण गर्ने” यो कल्याणकारी अभियानलाई मुर्त रुप दिन हामी सबै एक ढिका भई लागि परौं| यसकोलागि “थारू सेवा समाज काठमाडौँ नेपाल” भन्ने सामाजिक संस्था स्थापना गरिएको हो| यो संस्थाको एक मात्र उदेश्य काठमाडौँ उपत्यकामा थारु भवन निर्माण गर्ने हो| कसैको भनाई होला कि यो काम धेरै ढिलो भयो किनकि जग्गाको मूल्य धेरै बढिसक्यो| यो एकदम सत्य हो, धेरै ढिलो भैसक्यो| तर हिजो लाई सम्झेर कति रुने? हामीले सुन्यबाट यो अभियानलाई सुरु गर्नुपर्ने बाध्यता छ, अर्को बिकल्प पनि त छैन| राम्रो काम गर्न कहिले पनि ढिलो हुदैन, त्यो पनि सत्य हो|

यो निकै ठुलो अभियान हो, एक दुई जना मिलेर यसलाई सफल पार्न सकिदैन| यसको लागि नेपालभरिका र देशबिदेश बस्नुहुने समस्त थारु दाजुभाई दिदीबहिनीहरुको सहभागिता अनिवार्य छ| एउटा भनाई छ “दस लाठी एक बोझ”| थोपा थोपा पानीसंग  समुद्र भर्ने क्षमता हुन्छा यो अबधारणामा रही हामीले हरेक थारुबाट आर्थिक संकलन गरौ| काठमाडौँबासी, मन्त्रि, बिधायक, कर्मचारी, ब्यापारी, विदेश बस्नु हुने तथा नेपालको कुना काप्चा हरेक जिल्ला गाऊंबाट सक्दो अर्थ संकलन गरौ| काठमाडौँको थारु भवनमा सबै थारुको संयुक्त स्वामित्व होस्| सबै थारुले गर्वसाथ् भन्न सकुन, थारु भवन मेरो घर हो| यदि हामी सबै एकताबद्ध र समर्पित भयौं भन्ने सबथोक सम्भव छ र यसको लागि सदाकोलागी थारु समुदायले हामीलाई सम्झिरह्नेछा

अब अन्तमा केहि बुंदाहरु सारांसमा राख्न चाहन्छु:

  • यो अभियानको मुख्य २ चरण हुनेछन: प्रथम- जग्गा ब्यबस्थापन र दोश्रो- भवन निर्माण|
  • प्रथम चरण (जग्गा ब्यबस्थापन) को अनुमानित अबधि १८ महिनाको हुनेछा
  • जग्गा काठमाडौँ उपत्यकाको पायक पर्ने ठाउँमा र नियुन्तम १ रोपनी हुनेछ र यसको लागि अनुमानित रू. ३० लाख प्रति आनाको दरले जम्मा ४ करोड ८० लाख आर्थिक आवस्यक हुनेछा
  • संकलित रकम थारु सेवा समाजको नेपालको Global IME Bank को joint account मा पारदर्शी किसिमले राखिनेछा
  • “थारु सेवा समाज काठमाडौँ नेपाल” मूल समंबय समिति हुनेछ र नेपाल भरि जिल्ला तथा विदेशमा खोलिने शाखा समितिहरुसंग समन्वय गर्नेछा
  • थारु सेवा समाज काठमाडौँ नेपाल स्वायत संस्था हुनेछ, कुनै पनि अन्य थारु संघ संस्थासंग सम्बन्धनमा रहनेछैन र मुख्य रुपमा थारु भवन बनाउने काममा मात्र केन्द्रिकृत रही सबै संघ संस्था र व्यक्तिसंग मिलेर काम गर्नेछा

आर्थिक कारोबार:

आर्थिक कारोबारकोलागी यथासम्भव पारदर्शी र सहि तरिका अबलम्बन गरिनेछा| थारु सेवा समाजकोलागी आर्थिक रकम निम्न उल्लेखित बैंक खातामा जम्मा गर्न सकिनेछ र जम्मा भएको रकम निम्न तरिकाले check गर्न सकिनेछ|

  • थारु सेवा समाज काठमाडौँ नेपालको बैंक खाता बिबरण:

Bank: Global IME Bank, Kirtipur Branch (ग्लोबल आइएमई बैंक, कीर्तिपुर)

AC Name: Tharu Sewa Samaj kathmandu Nepal (थारु सेवा समाज काठमाडौँ नेपाल)

Account No: 0501010000485  (०५०१०१००००४८५)